STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आपसी समन्वय नहुँदा विपद् व्यवस्थापन समिति अन्योलमा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३, शुक्रबार

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट धनजनको क्षति भइरहेको बेला त्यसमा हुने क्षतिको न्यूनीकरण तथा पूर्वतयारीका लागि काम गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको कार्यायोजना भने कागजमा नै समिति बनेको छ । एकातिर बनाएको कार्ययोजना बजेट अभावका कारण आधा बर्खा गइसके पनि छपाइसमेत नहुनु र अर्कोतिर समितिले पूर्णता नपाउँदा काममा समस्या भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले समितिले पूर्णता नपाएका कारण काम गर्न नसकेको बताउनुभयो । “म आएर एक पटक बैठक बस्यौँ, पदीय हैसियतका कारण बोलाउँदा नगर÷गाउँपालिका प्रमुख नै उपस्थित हुनुभएन, जसका कारण समितिले पूर्णता नपाएपछि कारण काम गर्न गाह्रो भइरहेको छ ।” स्थानीय तहहरूले गर्नुपर्ने विपद् व्यवस्थापनका लागि के–कति बजेट छुट्याएको छ भन्ने जानकारी माग गर्दासमेत उपलब्ध नै नगराएको उहाँले बताउनुभयो । समितिमा स्थानीय तहका मेयर÷अध्यक्ष, सरकारी कार्यालयका प्रतिनिधि सदस्य र जिल्ला समन्वय समितिका समन्वय अधिकारी सदस्यसचिव रहने व्यवस्था छ । तर पदीय जिम्मेवारीमा तलमाथि भएका कारण बोलाउँदा बैठकमा समेत अनुपस्थित भएपछि काम गर्न समस्या भएको उहाँले बताउनुभयो । उहाँका अनुसार समितिमा स्रोतसाधन नै उपलब्ध छैन । अहिले सूचना सङ्कलन र सम्प्रेषणका लागि जिल्लास्थित जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र रहेको छ । चार÷पाँच जना कार्यरत सो केन्द्रमा प्रहरी ९सुरक्षा निकाय०द्वारा गरिएका कामको विवरणबाहेक स्थानीयस्तरमा विपद् व्यवस्थापन समितिले गरेका कुनै पनि गतिविधिको विवरण प्राप्त नभएको बताइएको छ । केन्द्रका सूचना व्यवस्थापन अधिकृत राजकुमार घिमिरेले असार ४ गते बसेको बैठकले जिल्ला प्रकोप पूर्वतयारी तथा प्रतिकार्ययोजना तयार गरेको जनाए पनि अहिलेसम्म त्यसको प्रकाशन गर्ने र सम्बन्धित निकायसम्म कार्यान्वयनका लागि पठाउने काम भएको छैन । सो योजना पुस्तिका छपाइका लागि स्रोतको व्यवस्था नहुँदा छाप्ने काम टुङ्गो नलागेको सूचना व्यवस्थापन अधिकृत घिमिरले बताउनुभयो । “अहिले तयार गरी छाप्नका लागि प्रेसमा पठाउने काम भएको छ”, उहाँले भन्नुभयो, “तर त्यसका लागि छपाइ खर्चको व्यवस्थापन हुनसकेको छैन ।” उहाँका अनुसार जिल्लाको १३ स्थानीय तहमध्ये मण्डनदेउपुर नगरपालिका र खानीखोला गाउँपालिकाले स्थानीय तह विपद् व्यवस्थापन समिति गठन गरेको भए पनि आफ्नो स्थानीयस्तरमा कहाँ के भयो भन्नेसम्म पनि सूचना दिएको छैन ।
Categorized in राष्ट्रिय