क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २३, शुक्रबार
काठमाडौं - जुम्लामा क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको स्थानीय वडाले जनाएकाे छ । उनी बिहीबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्दै आएका थिए ।
बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बुधबार साँझ त्यहीँ बसेका थिए । दमका रोगी रहेका वृद्धलाई उनकै बुहारीले बोकेर क्वारेन्टिन स्थलसम्म पुर्याएका थिए । वडाध्यक्ष नरजितका अनुसार मृतक वृद्ध गत मंसिरमा आफन्तको घर बर्दिया गएका थिए ।
मृतक दमको रोगी रहेका र लामो समयदेखि औषधि पनि सेवन गर्दै आएका थिए । कोरोना परीक्षणका लागि चिकित्सकको टोलीले उनको स्वाब संकलन गरिसकेको छ ।
यसबाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको चिकित्सकको टोलीले मृतक वृद्धसहित क्वारेन्टिन स्थलमा बसेका सबै जनाको स्वाब संकलन गरिसकेको उनले बताए ।
Categorized in राष्ट्रिय