STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गोरखाको ताराखसे मतदान केन्द्रमा गोली चल्यो

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३०, शुक्रबार

काठमाडौं - स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र (सिद्धकाली मावि)मा गोली चलेको छ।

मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवाद उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले गोली चलाएको हो।

निर्वाचन अधिकृत खिमानन्द गौतमले अज्ञात व्यक्तिले गोली चलाएको र अनुसन्धान भइरहेको जानकारी दिए। उनकाअनुसार ५५ प्रतिशत मत खसेको र करिब ८० जना लाइनमा रहेको अवस्थामा गोली चलेको हो।

घटनास्थलमा रहेका अन्नपूर्णकर्मी नन्दलाल अमगाईंकाअनुसार २२ वर्षीया मनिषा थापालाई गोली लागेको छ। थापा निर्वाचन गराउन खटिएकी कर्मचारी हुन्। उनको घुँडामुनि पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ।

घाइते थापालाई एम्बुलेन्स मगाएर अस्पताल लगिएको छ।

मतदान केन्द्र तनावग्रस्त मतदान सकिन आधा घण्टा बाँकी रहँदा मतदान रोकिएको छ।

घटनास्थलमा नेपाली सेनाको सहित थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

Categorized in राजनीति