STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छाब्दीखोला दोभानमा घाट निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

ब्यास नगरपालिका वडा नं १ स्थित छाब्दीखोला दोभानमा कलाकार विक्रम परियारको स्मृतिमा विक्रम दाहसंस्कार घाटको निर्माण कार्य थालिएको छ । ब्यास नगरपालिकाका चार वटा वडाको सक्रियतामा विक्रम दाहसंस्कार घाटको निर्माण कार्य थालिएको हो । उक्त घाट निर्माणका लागि ब्यास १ नं वडा कार्यालयले रु छ लाख, ब्यास १३ नं वडाले रु तीन लाख, ब्यास १२ नं वडाले रु दुई लाख ५० हजार र ब्यास १२ नं वडाले रु दुई लाख विनियोजन गरेको ब्यास १ का वडाध्यक्ष खरसिं दरैले जानकारी दिनुभयो । ब्यास–१ भादगाउँ घर भई काठमाडौँ त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आउनुभएका परियारले रङ्गमञ्च कलाकार क्षेत्रमा समेत राम्रो छवि बनाउँदै आउनुभएको थियो । विसं ०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचनमा मत खसाले पछि उहाँलाई मादीसेती नदीतर्फ घुम्न गएको समयमा लागुऔषध सेवन गरी आएका युवाको एक समूहले ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । तत्कालीन वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माको सक्रियतामा नेपाल सरकार मन्त्री परिषद्बाट मृतक परियारलाई शहीद घोषणा गरिसकेको छ ।
Categorized in राष्ट्रिय