तनहुँकाे हार्डवेयर गोदाममा आगलागी
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २२, आइतबार
काठमाडौं - तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आगलागी भएको छ ।
भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।
आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना

