STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रकारमाथि भएको आक्रमणको भत्र्सना

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार

नेपाल पत्रकार महासङ्घले पत्रकार प्रताप रानामाथि दुव्र्यवहार र आक्रमणको प्रयास गरिएको भन्दै सो घटनाप्रति भत्र्सना गरेको छ । 
 
महासङ्घका अनुसार वैशाख १६ गते समाचार सङ्कलनका लागि भिमाद नगरपालिका– ५ वडा कार्यालय पुगेका महासङ्घ तनहुँ शाखाका कोषाध्यक्ष एवं कान्तिपुर संवाददाता प्रताप रानालाई वडा सचिव रमेश प्रकाश बरालले सूचना दिन्न, जे गर्छौ गर भन्दै दुव्र्यवहार गरेका थिए ।
 
“आम नागरिकलाई सुसूचित गराउने संवैधानिक जिम्मेवारी बहन गर्ने पत्रकारमाथि दुव्र्यवहार र आक्रमणको प्रयास हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो, महाङ्घ पत्रकारमाथि भएको दुव्र्यवहार र आक्रमणको प्रयासको घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्नमाथि कानूनी कारवाहीको लागि सरकारसँग माग गर्दछ”–महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  
 
साथै महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संविधानले सुनिश्चित गरेको अधिकारलाई निर्वाध र सुरक्षित रुपमा उपाभोग गर्ने वातावरण निर्माण गर्न समेत जोडदार माग गरेको छ । महासङ्घ पश्चिम नवलपरासी शाखाका अनुसार वैशाख १३ गते महासङ्घका पूर्व केन्द्रीय सदस्य बेचु गौडलाई बुटवल टूडे दैनिक र कोलिया खबर अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर १५ ÷ १६ जनाको समूहमा रहेका व्यक्तिले पत्रकार गौडको निवासमै गएर आक्रमणको प्रयास गरेका जनाएको छ ।  
Categorized in राष्ट्रिय