मेलम्चीको पानी सुन्दरीजलमा
Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २२, शनिबार
काठमाडौं – अन्ततः मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आएको छ ।
फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर १० फागुनमा सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसालिएको हो ।
शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मेसिनको बटन थिचे । खसालिएको पानी बागमती नदीमा हालिएको छ ।
पहिलो चरणमा आएको पानी फोहोरसहितको हुने हुनाले प्रशोधन केन्द्रमा नहालिएको हो ।


