STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रवि लामिछाने हिरासतमै

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ८, आइतबार

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा ‘आत्महत्या दुरुत्साहन’ मुद्दा लागेका रवि लामिछानेको बयान भोलि मात्रै हुने भएको छ।आज अभियुक्त अस्मिता कार्की बयान सकिएको छ । रवि र अर्का अभियुक्त युवराज कँडेलको भोलि मात्रै बयान हुने गिरीले बताए। बयान नसकिएकालाई आज हिरासतमै राख्न अदालतले आदेश दिएको छ। सो सम्वन्धमा बयान लिने क्रम आइतबार नसकिएपछि सोमबार १० बजेबाट पुनः सुरू हुने भएको हो। बयान पश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ। बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ।  साथै लामिछानेसहितको मुद्दाको टुङ्गो लाग्ने भन्दै ठूलो सङ्ख्यामा समर्थकहरुले प्रदर्शन गरेका थिए । साँझ अदालतबाट उनीहरुलाई प्रहरी कार्यालयमा ल्याउने क्रममा प्रहरीले समर्थकहरुलाई तितरवितरा गर्न केही सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा समर्थकहरुले प्रहारीमाथि ढुङ्गा प्रहार गरेका थिए । 
Categorized in राष्ट्रिय