STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजमतिकी नायिका हिसिलाको अभिनय रहेको तीज गीत सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र १२, आइतबार

हिन्दु नारीहरुको महान चाड  हरितालिका तीजको अवसर पारेर अचेल वर्षेनी धेरै म्युजिक भिडियोहरु सार्वजनिक हुने गर्दछ । त्यतिमात्र नभइ तिज गीत संगीत अवार्ड हरु पनि धेरै हुने गरेका छन् । यसै क्रममा तिजको पूर्व संध्या पारेर आइतबार ओएसआर डिजिटल युट्युब बाट  "टिका चुरा नौगेडी साडी” बोलको एउटा तिज गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । 

नेपालभाषाका कलाकारिता क्षेत्रमा नाम कमाएका कलाकर्मिहरु सम्मिलित यस  गीतका रचनाकार सुनिता राजभण्डारी जुनु हुन् भने संगीतकार सुरेन्द्र श्रेष्ठ हुन् । यस्तैगरी यस तिज गीतमा रत्नशोभा महर्जन, दिपा महर्जन, रानीशोभा महर्जन, स्वस्ति महर्जन र सरिता महर्जनले स्वर दिएका छन् ।

यो म्युजिक भिडियोकाे परिकल्पनाकार र निर्देशक पनि सुनिता जुनु नै हुन् भने  कोरियोग्राफि पनि उनैको रहेको छ । यस्तै गरी यो म्युजिक भिडियोमा सुनिता जुनु स्वयं लगायत  "राजमति ” चलचित्रकी नायिका हिसिला महर्जनका साथमा नेवाः म्युजिक भिडियोका  व्यस्त मानिने मोडल कलाकार आराध्य लक्ष्मी खडगी, सुलोचना श्रेष्ठ, सुजना बज्राचार्य, मीना महर्जन, अशोक कुमार मालिका साथमा धेरै कलाकारहरुको अभिनय रहेको छ ।

यो म्युजिक भिडियोकाे छायाँकन र सम्पादन सोहन मानन्धरले गरेका हुन् । रत्नशोभा महर्जन प्रोडक्शनद्वारा निर्मित यस भिडियोका निर्माता गायिका रत्नशोभा महर्जन हुन् भने  निर्माण कार्यमा कलाकारद्वय हिसिला महर्जन र मणिराज लवट संलग्न रहेका छन् ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेला

Categorized in साहित्य-कला