राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २१, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २६ गते शुक्रबार ४ बजे अधिवेशन आह्वान गरेकी हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते ४ बजे बजेट अधिवेशन बोलाउन सिफारिस गरेको थियो । सरकारले बजेट अधिवशेन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
संविधानको धारा ११९ मा संघीय सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते बजेट संघीय संसदमा पेश गर्नुपर्ने प्रावधान छ।
सामाजिक दूरी कायम गरेरे संसद बैठक चलाउने तयारी भएको संसद सचिवालयले जनाएको छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्ने गरिन्छ ।
Categorized in राजनीति