लकडाउन लम्बिने संकेत
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २९, शनिबार
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले शनिबार देशका सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फरेन्समा लकडाउनको समय थप गर्ने संकेत दिएका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको अवस्थामा नेपालमा लकडाउन चाँडै हटाउने निर्णय हुननसक्ने प्रधानमन्त्री ओलीले कन्फरेन्समा बताएका थिए ।
यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शनिबार नै राज्य सरकारका मुख्यमन्त्रीहरुसँगको बैठकमा धेरै मुख्यमन्त्रीहरुले लकडाउनको समय थप्नुपर्ने सुझाव दिएका थिए ।
प्रधानमन्त्री मोदीले १२ वा १३ अप्रिलमा जनताको नाममा सम्बोधन गरी लकडाउनको समय थप १४ दिन बढाउने तयारी गरिरहेको समाचार भारतीय सञ्चार माध्यमहरुले दिइरहेका छन् । भारत सरकारले गत १४ मार्चमा २१ दिनको लागि देशव्यापी लकडाउन घोषणा गरेको थियो । त्यहाँ हालसम्म कोरोना भाइरसबाट २४६ जनाको मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय