STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लुम्बिनी भ्रमण वर्षबारे छलफल

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने मूलनाराका साथ लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउन लागेको प्रदेश–५ सरकारले सबै प्रदेशहरुमा प्रचारप्रसार अभियान सञ्चालन गरेको छ । प्रचार कार्यक्रम अन्तर्गत आज प्रदेश नं–३ को हेटाँैडामा स्थानीय सञ्चारकर्मी तथा पर्यटन व्यवसायीसँग अन्तक्र्रिया आयोजना गरी भ्रमण वर्षका अवसरमा प्रदेशवासीलाई लुम्बिनी भ्रमणको निम्तो दिएको छ । लुम्बिनी भ्रमणवर्ष प्रचारप्रसार उपसमितिले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलन तथा अन्तक्र्रिया कार्यक्रममा प्रदेश नं– ३ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले लुम्बिनी भ्रमणको निम्तोलाई सहर्ष स्वागत गर्नुभयो । त्यस अवसरमा मन्त्री नेपालले भ्रमण वर्ष सफल बनाउन प्रदेश नं ३ सरकारका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भ्रमण वर्ष प्रचारप्रसार उपसमिति संयोजक भरत केसीले जेठ ४ गते बुद्ध पूर्णिमाका दिन शुरु हुने भ्रमण वर्ष एक वर्षभर चल्ने जानकारी गराउँदै वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभयो । भ्रमण वर्षमा बुद्धको जन्मभूमि रुपन्देहीको लुम्बिनी आउने पर्यटकलाई बुद्धको क्रिडास्थल कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम, बुद्धस्थल गोटिहवा, सगरहवा, कुदान, अरोराकोट, सिसहनियालगायतका पर्यटकीयस्थलमा घुमाउने तयारी रहेको छ । कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ । लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र संवद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको मन्त्रालयका शाखा अधिकृत खेम थापाले बताउनुभयो ।
Categorized in राष्ट्रिय