STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्युत् प्रसारण लाइनको परीक्षण सफल

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ९, बिहिबार

पाल्पाको निस्दी गाउँपालिका–५ मा केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएको छ । रिङ्दीमा केन्द्रीय लाइनको बत्ती जडान गरी परीक्षण गर्ने कार्य सफल भएको हो । 
वडाध्यक्ष भीमबहादुर बयम्बुले बत्ती बालेर लाइनको परीक्षण गर्नुभयो । उहाँले कामलाई जति सक्दो छिटो अगाडि बढाएर घरघरमा विद्युत्को सेवा दिने बताउनुहुन्छ । विद्युत्को पहुँच नपुगेको यस गाउँमा यसै आर्थिक वर्षमा घरघरमा विद्युत् सेवा दिने गरी काम अगाडि बढाइने भएको साइड इञ्चार्ज अर्जुन गुरुङले बताउनुभयो ।
टुकीको भरमा जीवन बिताउँदै आएका यहाँका नागरिक विद्युत् लाइनको काम शुरु हुने भएपछि खुशी भएका छन् । निस्दीका केही स्थानमा स्थानीय खोलाबाट लघु जलविद्युत् आयोजना सञ्चालन गरिए पनि पर्याप्त छैन । 
स्थानीयको जनश्रमदानमा लिफ्टिङ खानेपानी आयोजना 
 
  पूर्वखोला गाउँपालिका–१ सिलुवा मस्लाङ्ग क्षेत्रमा स्थानीयवासीको जनश्रमदानमा लिफ्टिङ प्रणालीमार्फत खानेपानी आयोजना निर्माणको काम भइरहेको छ । वर्षांैदेखि खानेपानीको चरम समस्या भोग्दै आएका यहाँका ८० घरपरिवारका स्थानीयवासीले श्रमदान गरेर आयोजना निर्माणका काम गरिरहेका छन् ।
      
हालसम्म यहाँका एक घरबाट १२ जना गरी ९६० जना उपभोक्ताले जनश्रमदान गरिसकेको उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर नेपालीले बताउनुभयो । “काम अहिलेसम्म ६० प्रतिशत जति सम्पन्न भएकाले अझै आठ सयको हाराहारीमा जनश्रमदान लाग्नेछ, उपभोक्ताहरु खुशी भएर जनमश्रमदानमा जुट्नुभएको छ”, उहाँले भन्नुभयो ।
 
काम तीव्र गतिमा अगाडि बढिरहेको छ, आउँदो दशैँसम्ममा आयोजनाको काम सम्पन्न गरी घरघरमा धारामा पानी पु¥याउने लक्ष्यका साथ निर्माण कार्यमा अगाडि बढेको उहाँले बताउनुभयो । यहाँका स्थानीयवासीले जनश्रमदान मात्र नभई आयोजना निर्माणका लागि प्रतिघर परिवारबाट रु पाँच हजार रकमसमेत सहयोग गरेका छन् । 
Categorized in राष्ट्रिय