STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हवाई कारबाहीमा चार तालिबानी मारिए

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १९, बिहिबार

अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् । सो इलाकामा लुकेर बसेका तालिबान लडाकूलक्षित सो हवाई कारबाही भएको थियो । अफगान सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा उक्त जानकारी दिइएको छ । जारी विज्ञप्तिका अनुसार तालिबान लुकेर बसेको स्थानलाई लक्ष्यगरी यस लडाकू विमानले गत १२ घण्टायता जारी राखेको हबाई कारबाहीमा परी कम्तीमा चार लडाकूको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । यस हवाई कारबाहीको क्रममा तालिबान लडाकूको हातहतियारहरु पनि ध्वस्त भएको छ । यस आक्रमणको क्रममा सरकारी फौज र सर्वसाधारणतर्फ भने कुनै क्षति नभएको पनि जारी विज्ञप्तिमा जानकारी दिइएको छ । उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन ।
Categorized in अन्तर्राष्ट्रिय