STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

 नौ महीनामा २५ लाख राजश्व सङ्कलन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु २५ लाखभन्दा  बढी राजश्व सङ्कलन गरेको छ । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलङ्गाको सीमा क्षेत्रमा अवस्थित उक्त कार्यालयले गत साउनदेखि चैतसम्म रु २५ लाख तीन हजार राजश्व सङ्कलन गरेको हो ।
उक्त कार्यालयमा निर्यातभन्दा पनि आयातका सामानबाटै राजश्व सङ्कलन गरिएको निमित्त कार्यालय प्रमुख नरसिंह बडालले जानकारी दिनुभयो । 
सबै सामानमा कडाइका साथ भन्सार रकम सङ्कलन गरिएकाले व्यापारीले विरोध गरे पनि आशा गरिएबकोजिम राजश्व सङ्कलन भएको यसैगरी चालू आवमा खरी निर्यात गरेर करीब रु सात लाख राजश्व सङ्कलन भएको निमित्त प्रमुख बडालले जानकारी दिनुभयोे । 
दुहुँ गाउँपालिका–५ हिकिला बक्थौलामा उत्खनन भइरहेको खरी भारत निकासीबापत रु छ लाख ८४ हजार राजश्व सङ्कलन भएको र चालू आवको हालसम्म ३८ मेट्रिकटनका दरले १२ पटकमा ४५६ मेट्रिकटन खरी भारत निर्यात भएको थियो ।   
खरी निर्यातबापत् प्रतिकेजी एक रुपैयाँ ५० पैसाका दरले राजश्व सङ्कलन हुने गरेको छ । चालू आवमा दुई हजार ५०० मेट्रिकटन खरी उत्खनन गरेर भारत निर्यात गर्ने लक्ष्य भए पनि यातायातको अभाव र हिउँदका महीनामा राम्रो बाटो नभएर लक्ष्यभन्दा कम खरी निर्यात हुने देखिएको बताइएको छ । 
यो वर्ष खानी तथा भूगर्भ विभागबाट दुई हजार ५०० मेट्रिकटन खरी निकासीको अनुमति लिएर जियो मिनरल रिजर्भ प्रालिले खरी उत्खनन गरिरहेको छ । जिल्लामा सीतापुल, तिगरम, खलङ्गा, दत्तु, जौलजीवी र लाली भारतसँग सीमा जोडिएका नाका हुन् तर खलङ्गाबाहेक अन्य सीमा पुलमा भन्सार स्थापना हुन सकेको छैन । खलङ्गापछि बढी सामान आयात निर्यात हुने अन्य नाकाबाट हरेक महीना लाखौँ रुपैयाँको सामान अवैधरुपमा नेपाल भित्रिने गरेको छ । 
चीनको ताक्लाकोटबाट पनि हरेक वर्ष करोडौँको सामान राजश्व नतिरी भारत तथा नेपाल भित्रिने गरेको यहाँका बासिन्दा बताउँछन् । 
            
Categorized in राष्ट्रिय