STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८३ बैशाख १८, शुक्रबार

    पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवमा नजीर हुसेन र सुरक्षा पन्त पुरस्कृत

    सेलिब्रेटी नेपालको आयोजनामा, चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) भव्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यस महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा विभिन्न जातजातिका पारम्परिक पहिरनसहित झाँकी प्रस्तुत गरिएको थियो भने मधेशका कथा   मुख्य विषय बनाएर विभिन्न संवाद कार्यक्रमहरू पनि आयोजना गरिएका थिए। पहिलो पटक...

  • २०८३ बैशाख १७, बिहिबार

    कुनै पनि फिल्म तथा सिर्जनात्मक अभिव्यक्तिलाई बिनाकारण राेक्नु नहुने आवाज उठ्यो

    कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज कलाकर्मीहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। कुनै एक व्यक्तिको विरोधका आधारमा समुदायको धारणा नसुनी उच्च अदालत पाटनले वैशाख १८ गते प्रदर्शन हुने नेपाली फिल्म ‘लालीबजार’माथि प्रदर्शन हुनुभन्दा तीन दिनअघि, वैशाख १५ गते, रोक लगाएको घटनाले अभिव्यक्ति र कलात्मक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको...

  • २०८३ बैशाख १७, बिहिबार

    काठमाडौंलाई चलचित्रमैत्री सहर बनाउने तर्खरमा बिकास बाेर्ड र महानगरपालिका

    काठमाडौंलाई चलचित्रमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यसहित काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबीच फोटोग्राफी तथा भिडियो पत्रकारितासम्बन्धी तालिम सञ्चालन गर्ने सम्झौता भएको छ। महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजना अन्तर्गत युवाहरूलाई सीपमूलक तथा रोजगारमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित उक्त सम्झौता गरिएको हो। सम्झौताअनुसार ४० जना युवालाई एक महिनासम्म...

  • २०८३ बैशाख १५, मंगलबार

    'टिका' तीजमा रिलिज हुने

    भविष्य फिल्मस् प्रालीको ब्यानरमा निर्माण घोषणा गरिएको  नारीप्रधान भनिएको चलचित्र चलचित्र 'टिका: स्टेटलेस सोल'को प्रदर्शन मिति तय गरिएको छ ।  याे चलचित्र  निर्माण कम्पनिले नारीहरूको पर्व तीजको अबसरमा आगामी भदौ २६ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरेको हो । सुनिल मानन्धर प्रमुख रहेको वितरण कम्पनि श्रीराम बालाजी फिल्मस्'सँगको प्रदर्शन तथा वितरण सम्झौतासँगै चलचित्रको आधिकारिक प्रदर्शन मिति तय गरिएको...

  • २०८३ बैशाख १५, मंगलबार

    देय् दबू व पत्रकार दबू नेवाः मुद्दाय् नापंलजाना वनिगु

    देय्न्यंकंया नेवाःतय्गु मंकाःगु राष्ट्रिय संगठन नेवाः देय् दबू व देय्न्यंकंया नेवाः पत्रकारपिनिगु संगठन नेवाः पत्रकार राष्ट्रिय दबू नाप नापं जाना वनेगु खँय् निगू हे दबूया नेतृत्वया दथुइ सहलह जूगु दु । नेवाः पत्रकार राष्ट्रिय दबूया ग्वसालय् आइतवाः जूगु सहलह ज्याझ्वसं देय् दबू व पत्रकार दबूया नेतृत्वपाखें नेवाः मुद्दायात कया नाप नापं जाना थःथःगु थासं भूमिका म्हितेगु नाप नापं संगठन निर्माणया ज्याय्...

  • २०८३ बैशाख १४, सोमबार

    कालिगंगामा दिपेश एसकेले निर्देशकीय क्षमता देखाउने

    दिपेश एसके सबै खाले गीतको भिडियोमा काम गरिसकेका कुशल र पछिल्लो समयका व्यस्त नृत्य निर्देशक हुन् । जस्तै भजन, राष्ट्रिय गीत, रोमान्टिक, लोकआधुनिक र मर्मश्पर्शी भावुक गीतहरुमा उनको कोरियोग्राफी देख्न सकिन्छ । लोकप्रियता कमाउन अनेक प्रयोग गर्नेहरूका बीचमा कोरियोग्राफर दिपेश एसके नामले होइन, आफ्‌नै कर्मले लोकप्रिय हुन चाहन्छन् । उनलाई आफ्‌नो कामभन्दा अरू कुनै पनि कुरासँग सरोकार छैन । कर्म गर्नुपर्छ...

  • २०८३ बैशाख १४, सोमबार

    दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु

    आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले झापाको दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु भएको छ। चलचित्र विकास बोर्डको सहयोग तथा धिमाल चलचित्रकर्मी सङ्घको आयोजनामा शनिबारदेखि सुरु भएको तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ। तालिमको उद्घाटन कोशी प्रदेशका माननीय नम्बरलाल धिमालले गर्नुभएको हो। आगामी बैशाख १६ गतेसम्म सञ्चालन हुने तालिममा स्थानीय धिमाल समुदायका २० जना युवा...

  • २०८३ बैशाख १४, सोमबार

    जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र” भन्ने नारासहित कर्णाली महाेत्सव

    सुर्खेतको वीरेन्द्रनगरमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ सम्पन्न भएको छ। “घुमौँ कर्णाली, हेरौँ कर्णाली” तथा “जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र” भन्ने नारासहित आयोजित महोत्सव कर्णाली प्रदेशको कला, संस्कृति, पर्यटन सम्भावना र चलचित्र क्षेत्रको विकासलाई जोड्ने महत्वपूर्ण मञ्चका रूपमा सम्पन्न भएको हो। चलचित्र विकास बोर्डको सक्रिय सहभागिता तथा  सहकार्यमा आयोजित...

  • २०८३ बैशाख ११, शुक्रबार

    चलचित्र विकास बोर्डले प्रदान गर्याे आर्थिक राहत

    अस्वस्थ रहनुभएका तथा उपचार/स्वास्थ्यसम्बन्धी कठिनाइ सामना गरिरहनुभएका चलचित्रकर्मीहरूलाई चलचित्र विकास बोर्डअन्तर्गत सञ्चालित चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक राहत  हस्तान्तरण गरिएको छ।  नेपाली चलचित्र क्षेत्रमा आ–आफ्नो विधाबाट महत्वपूर्ण योगदान पुर्‍याउनुभएका चलचित्रकर्मीहरूको स्वास्थ्य, सम्मान र कठिन समयमा साथ दिने उद्देश्यसहित आज निम्न चलचित्रकर्मी तथा परिवारलाई सहयोग रकम प्रदान गरिएको हो...

  • २०८२ चैत्र २५, बुधबार

    नयाँ बर्षको पहिलो दिन तुलसी घिमिरेको मल्टिस्टारर फिल्म 'पहाड" हुदै

    कुसुमे रुमाल , चिनाे , लाहुरे , बलिदान आदि जस्ता कालजयी फिल्म हरुका महान सर्जक   भेट्रान निर्देशक तुलसी घिमिरे लामो समयको ब्रेकपछि पुनः आफ्नै पुरानो कर्ममा फर्किनु भएको छ । उहाँ द्वारा निर्देशित चलचित्र 'पहाड' २०८३ सालको बेशाख १ गतेबाट हलमा लाग्ने भएको छ । २०७३ सालमा प्रदर्शन भएको 'दर्पणछाया २' पछि एक्कै पटक पहाड लिएर उहाँको    दर्शकहरु  माझ आउनुहुदैछ ।  चलचित्र 'पहाड'मा मदनकृष्ण श्रेष्ठ, सुनिल...

  • २०८२ चैत्र २३, सोमबार

    चलचित्र विकास बोर्डले सार्वजनिक गर्याे वार्षिक तथ्यांक

    चलचित्र विकास बोर्डले चालु वर्षको वार्षिक तथ्यांक  २०८२  सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यस वर्ष बोर्डमा २३० वटा चलचित्र दर्ता भएका छन् भने ९४ वटा चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन्। बोर्डका अनुसार यस अवधिमा ५६ वटा नेपाली चलचित्र र ९३ वटा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनमा आएका छन्। यसैगरी, देशभर ८ वटा नयाँ सिनेमा हल दर्ता भएका छन् भने हाल सञ्चालनमा रहेका कुल हल संख्या १७२ पुगेको...

  • २०८२ चैत्र २३, सोमबार

    निफमा नजीर हुसेन र सुरक्षा पन्त उत्कृष्ट घोषित

    नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयाेजना गरेकाे नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२६ सोमवार  सम्पन्न भएको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स सिनेमा हलमा आयोजित समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म तथा कलाकारहरूलाई सम्मान गरिएको छ । यस वर्षको महोत्सवमा नेपाली फिल्मको प्रभावशाली उपस्थिति देखिएको छ भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि नेपालले...

Pages