STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

 विद्युतीय कारोवार ऐनका दफा खारेजी माग

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

पत्रकारले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरी धर्ना दिएका छन् ।  नेपाल पत्रकार महासङ्घ काठमाडौँको अगुवाइमा पत्रकारले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्र्दै जिल्ला प्रशासन कार्यालय अगाडि आज एक घण्टा धर्ना दिएका हुन् । काठमाडौँ शाखाले पत्रकारमाथि भएको धरपकड रोक्नुपर्ने लगायत माग राख्दै प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । 
पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष शन्तराम बिंडारीले समाचार लेखेकै कारण पत्रकारलाई धरपकड गरी दुःख दिने कार्य तत्काल रोक्नुपर्ने माग गर्नुभयो ।    पत्रकार महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको छ भन्दै उक्त दफा खारेजीको माग गर्दै देशभर सङ्घर्षका कार्यक्रम  चलाएको छ । महाङ्घले प्रेस स्वतन्त्रताको माग गर्दै आज गृह  र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनसमेत बुझाउने भएको छ । 
   
Categorized in राष्ट्रिय