अक्षयकोष स्थापना
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १९, आइतबार
विराटनगर महानगरपालिका–१० निवासी सुदर्शनबहादुर श्रेष्ठ र कपिला श्रेष्ठले रु १५ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । प्रत्येक दुई वर्षमा रु दुई लाख पुरस्कार तथा सम्मान गर्ने हेतुले श्रेष्ठ दम्पतीले अक्षय कोष स्थापना गरेको हो ।
नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन र जगेर्नाको अभियानमा रहेका व्यक्ति तथा संस्थालाई पुरस्कृत एवं सम्मान गर्न श्रेष्ठ दम्पतीले स्थापना गरेको कोषबाट ‘सुदर्शन–कपिल सिरपा’ नामबाट सम्मान एवं पुरस्कार वितरण गरिने कोषका संस्थापक श्रेष्ठले जानकारी दिनुभयो । कोषबाट पहिलो पुरस्कार वांमय शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गर्ने निर्णय भएको छ ।
Categorized in राष्ट्रिय


