अगिनाया आइटम गीत मधुशालाको म्युजिक भिडियो रिलिज (भिडियाेसहित)
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ७, आइतबार
नेपालभाषा को सांगीतिक क्षेत्रमा एक उदियमान गायिकाको रुपमा चर्चित अगिना तण्डुकार (शाही) को स्वरमा रहेको नेपाली भाषाको " मधुशाला बन्यो " बोलको गीतको म्युजिक नेपालको युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । गत हप्ता सार्वजनिक गरिएको यो गीत आइटम गीत विधाको गीत हो भने एकहप्ता भित्र यो गीतले १३ हजार भन्दा बढी दर्शकहरुको मन जितिसकेको छ । चर्चित उपन्यासकार भगवती ढुङ्गेलको रचना, संगीतकर्मी सुशील शाहीको संगीत रहेको उक्त गीतमा गायिका अगिना तण्डुकार(शाही) को स्वर रहेको छ भने यसको म्युजिक भिडियो मा जनक खड्का, बिपिन प्रसाईको जोडदार अभिनय रहेको उक्त म्युजिक भिडियोमा सबिता रेग्मी लगायतको आइटम डान्स रहेको छ ।
म्युजिक भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला
Categorized in सिनेमा

