STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ४, सोमबार

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि राजमार्ग छेउछाउका खोका छाप्रा तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ । अतिक्रमण गरी बनाइएका टहरा हटाउन यसअघि नै पटक–पटक आग्रह गर्दै सूचना जारी गरे पनि अटेर गरेकाले प्रहरी प्रशासनको सहयोगमा अतिक्रमण हटाइएको नगरपालिकाले जनाएको छ । पूर्व–पश्चिम राजमार्गदेखि २५ मिटर दायाँ र बायाँ बनेका छाप्रा र पसल हटाउने कार्य आज यहाँको भानुचोकदेखि शुरु हुने वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिनुभयो । आइतबार बिहान यहाँको शिवमन्दिर क्षेत्रबाट बसपार्कसम्मका सडक छेउका अतिक्रमण गरी बनाइएका संरचना हटाइएको प्रहरी निरीक्षक बुढथापाले बताउनुभयो ।
Categorized in राष्ट्रिय