STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अदालतबाट सजाय पाएर फरार अभियुक्त पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २१, बिहिबार

अङ्गभङ्ग मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाँउपालिका–४ का ५० वर्षीय घुरनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकीछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले बुधबार साँझ यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । अङ्गभङ्ग मुद्दामा यादवलाई जिल्ला अदालतबाट छ महिना कैद तथा रु पाँच हजार २०० जरिवाना तोकिएको थियो । अवैध राँगा नियन्त्रणमा भारतबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको राँगा सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी सन्हैठाबाट खटिएको गस्ती टोलीले बुधबार साँझ नेपालतर्फ अवैध तरिकाले ल्याउँदै गरेको पाँच राँगा नियन्त्रणमा लिएको हो । अन्दाजी रु २० हजार मूल्य बराबरको सो राँगा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय माडर सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना