अध्यागमन कार्यालय सञ्चालन
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार
निर्माण सम्पन्न भएको छ महीनापछि यहाँस्थित पशुपतिनगर सिमा नाकामा अध्यागमन कार्यालय सञ्चालन भएको छ । यो नाकाबाट भित्रिने पर्यटकहरुको सहजताका लागि सो कार्यालय सञ्चालनामा ल्याइएको हो ।
‘सञ्चालनमा आएको कार्यालयबाट तेस्रो मुलुकका पर्यटकका लागि १५, ३० र ९० दिनसम्मको प्रवेश भिसा दिइने व्यवस्था छ’, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भन्नुभयो, “सरकारले आउँदो सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने हुँदा यो कार्यालयको स्थापनाले यसमा सहयोग पु¥याउने छ ।”
‘हामीले अध्यागमन कार्यालय खोलेपनि भारतीय क्षेत्रमा नहुँदा उताको भिषा पर्यटकसँग हुँदैन । त्यसैले हामीले सबै पर्यटकलाई भिषा दिएर नेपाल भित्र्याउनुपर्छ ।’ पौडेलले भन्नुभयो, “जति सक्दो चाँडो भारतले पनि कार्यालय स्थापना गर्दा चाहीँ दुबै देशलाई सहज हुन्छ ।”
कार्यालयमा अध्यागमन अधिकृत एक, नायब सुब्बा दुई, वरिष्ठ अध्यागमन सहायक दुई, सह–लेखापाल र अध्यागमन सहायक एक÷एक तथा कार्यालय सहयोगी दुई जनाको दरबन्दी छ । तर तीमध्ये आधा मात्र कर्मचारी कार्यरत छन् ।
Categorized in राष्ट्रिय


