STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अध्यादेश फिर्ता लिने तयारी

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ११, बिहिबार

काठमाडौं– विपक्षी तथा पार्टीभित्रैबाट दबाब आएपछि प्रधानमन्त्री ओलीले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन र स्थायी समितिका सदस्यहरुको धारणा अनुसार बैठक बोलाउन ओलीलाई आग्रह गरेका थिए । अध्यादेश खारेजीका लागि प्रधानमन्त्री ओलीले आजै राष्ट्रपतिसमक्ष पत्र पठाउनसक्ने जनाइएको छ । सरकारले वैशाख ८ गते ४० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी फुटाउन सक्ने अध्यादेश जारी गरेको थियो । यसैगरी संवैधानिक परिषदमा बहुमतले निर्णय लिनसक्ने प्रावधानसहितको अर्को अध्यादेश समेत जारी गरिएको थियो । यसलगत्तै विपक्षीलगायत नेकपा पार्टीभित्रैबाट अध्यादेशलाई लिएर असन्तुष्टि तथा विरोधका आवाजहरु सुनिएका थिए ।
Categorized in राजनीति