STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १, बुधबार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् ।

यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको हो ।

सत्तारुढ दल नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच पार्टी कमिटीमा पेस भएका छुट्टाछुट्टै प्रतिवेदन फिर्ता लिने र पार्टीलाई २६ भदौको समझदारीको स्थितिमा फर्काउने सहमति पनि भएको छ । महासचिव विष्णु पौडेललाई राखेर प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच भएको छलफलमा यस्तो समझदारी बनेको हो ।

सचिवालयका एक सदस्यका अनुसार दुवै अध्यक्षबीच २६ भदौयता भएका सबै नियुक्ति सच्याउन सहमत भएका हुन् । त्यस्तै, अध्यक्षद्वयले पेस गरेका प्रतिवेदनहरू फिर्ता लिने र पार्टीलाई सहमतिको पुरानै स्थितिमा फर्काउने सहमति भएको ती सदस्यले बताए ।

 

महासचिव पौडेलसहित अध्यक्षद्वयबीचको छलफलपछि ओली स्थायी कमिटी बैठकमा जान सहमत भएका हुन् ।

Categorized in राजनीति