अनलाइनमार्फत् अमेरिका नेवार अर्गनाइजेशनको साधाणसभा सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २८, आइतबार
काठमाडौं – हलिं नेवाः दबू (वल्र्ड नेवार अर्गनाइजेशन), अमेरिका शाखाको दोस्रो साधारणसभा अनलाइनमार्फत् सम्पन्न भएको छ ।
अमेरिकाको विभिन्न स्थानमा बसोबास गर्दै आएका अर्गनाइजेशनका पदाधिकारी एवं सल्लाहकारहरु सहभागी रहेको साधारणसभामा सांसद महेशलाल प्रधान प्रमुख अतिथिको रुपमा अनलाइनमा सहभागी भएका थिए ।
अर्गनाइजेशनका महासचिव बासव राजोपाध्यायले सञ्चालन गरेको सभामा रिजनल डिरेक्टर समीर महर्जनले स्वागत मन्तव्य दिएका थिए । यसैगरी विभिन्न कमिटीका डिरेक्टरहरुले आ–आफ्नो वार्षिक प्रतिवेदन पनि पेश गरेका थिए ।
नेपालभाषा र साहित्य कमिटीका संयोजक शिकोगोनिवासी केशरमान ताम्राकारले नवप्रवेशी सदस्यहरु रीतादेवी जोशी प्रधान, लक्ष्मी श्रेष्ठ र सृजना तुलाधरलाई स्वागत गरेका थिए । ताम्राकारले आउँदो दिनमा नेपालभाषाका पुस्तकहरु प्रकाशन गर्दै जाने र अनलाइन साहित्य सम्मेलन गरिने योजना बताएका थिए ।
साधारणसभामा अर्गनाइजेशनका अध्यक्ष सिजन श्रेष्ठले शुभकामना दिएका थिए भने अमेरिका शाखाका अध्यक्ष टेक्सस निवासी प्रमेश श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
Categorized in राष्ट्रिय