STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनलाइन ठगी र क्रिप्टो करेन्सी कारोबारको आशंका बुढानीलकण्ठको एक घरमा छापा

Janjati Khabar – Janjati Khabar | २०८१ माघ २८, सोमबार

काठमाडौं - प्रहरीले बुढानीलकण्ठको एक घरमा छापा मारेको छ ।

आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो। उक्त घरमा अवैध अनलाइन जुवा, सट्टेबाजी अनलाइन ठगी, क्रिप्टो करेन्सीलगायतको कारोबार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले त्यहाँबाट ल्यापटप, कम्प्युटरलगायतका डिभाइस बरामद गरेको छ भने हालसम्म शंकास्पद १६ जनालाई नियन्त्रणमा लिइएको अधिकारीले बताए । ।

अहिले अपरेशनको काम भइरहेकाले थप विवरण आउन बाँकी छ । यस विषयमा विशेष पत्रकार सम्मेलन गरेर जानकारी गराउने काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी बताए ।

Categorized in अपराध-दुर्घटना