STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १९, शुक्रबार

काठमाडौँ, अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँ मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार इन्टरनेटको दुरुपयोग गरी अनलाइन जुवा, सट्टाबाजीजस्ता अनलाइन खेलहरु खेलीरखेलाइ सहभागी भएकाले नेपाल राष्ट्र बैंकको नियमविपरीत गैरकानुनीरूपमा रु २४ करोड पन्ध्र लाख १७ हजार एक सय ३८ बराबर रकमको कारोबार गर्ने कार्यमा संलग्न रहेको आधारमा निजलाई झापाबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।
पक्राउ परेका साहलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौँमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

Categorized in अपराध-दुर्घटना