STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनाथ बालबालिकाका सारथी समाजसेवी थापा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार

असहाय बालबालिकालाई  सदरमुकाम चरिकोटका एक व्यवसायीले स्कूल ब्याग सहयोग गरेका छन् ।
  जिल्लाको गौरीशङ्कर बालगृहमा रहेका २९ बालबालिकालाई चरिकोटका व्यवसायी सनत थापाले शनिबार बालगृह पुगेर रु ३२ हजार बराबरको स्कूल ब्याग,  मिठाइ र खानेकुरा बाँडेका हुन् ।
थापाले भीमेश्वर नगरपालिका–५ मा रहेको  बालगृहका बालबालिकालाई आफ्नो परिवारका तर्फबाट वर्षेनी सहयोग गर्दै आएको केन्द्र प्रमुख सुरज विष्टले बताउनुभयो । विष्टले भन्नुहुन्छ,  “अघिल्लो वर्ष  थापाले ओच्छ्याउने तन्नाका साथै दुई वर्षअघि स्टेशनरी सामग्री सहयोग गर्नुभएको थियो ।” बालगृहका प्रमुख विष्टका अनुसार व्यवसायी थापा वर्षको एक पटक सहयोग बोकेर बालगृहमा आउने गर्नुभएको छ । 
थापाको परिवारले वर्षको एक पटक यहाँ के आवश्यकता छ, त्यहीअनुसारको सामान बोकेर आई अनाथलाई सहयोग गर्ने गरेको  विष्टले बताउनुभयो ।  चरिकोटस्थित सातदोबाटो चोकका थापा हार्डवेयरलगायतका व्यवसायमा संलग्न छन् । उहाँ  दोलखा उद्योग वाणिज्य  सङ्घका वरिष्ठ सदस्य हुनुहुन्छ । 
नेपाल बाल सङ्गठनद्वारा सञ्चालित यो बालगृह सङ्गठनकै बजेटबाट चल्ने गरेको छ ।  यस्तै बेलाबेलामा सहयोगी भावना भएका मनकारी मानिसले समेत ल्याउने सहयोगले बालगृह सञ्चालन गर्न थप सजिलो हुने गरेको विष्टले बताउनुभयो ।
Categorized in राष्ट्रिय