STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनिवार्य मातृभाषा शिक्षा माग्दै मागपत्र दर्ता

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २२, बिहिबार

काठमाडौं– अनिवार्य मातृभाषा शिक्षाको माग गर्दै शिक्षामन्त्रालयमा मागपत्र दर्ता गरिएको छ । मातृभाषा शिक्षा जनस्तर अभियानले शिक्षामा मातृभाषा अनिवार्य गरिनुपर्ने माग गर्दै शिक्षा मन्त्रालयमा उक्त मागपत्र दर्ता गरेको हो । अभियानका अभियन्ता देवदास मानन्धर, रवीन्द्र श्रेष्ठलगायत मन्त्रालयमा पुगी बिहीबार (फागुन २२) उक्त मागपत्र दर्ता गरिएको हो । शिक्षामन्त्रीको ध्यानाकर्षणसहित दर्ता गरिएको मागपत्रमा गत फागुन ९ गते विश्व मातृभाषा दिवसको अवसरमा काठमाडौंको असनमा भएको कार्यक्रममा संकलित सयौंको हस्ताक्षर पनि समावेश छ । स्मरणीय छ, नेपालको संविधानले नेपालका सम्पूर्ण राष्ट्रभाषाबाट शिक्षा लिनपाउने अधिकार दिइसकेको तथा संघीय संसदबाट सबैले मातृभाषामा शिक्षा पाउने विधेयक अनुमोदन समेत भइसकेको छ । यस्तो स्थितिमा शिक्षा मन्त्रालय पाठ्यक्रम विकास समितिले बनाएको पाठ्यक्रममा नेपाली पढ्ने व्यवस्था गरेको थियो । त्यसैले नेपालमा आदिकालदेखि बोल्दै आइरहेका मातृभाषालाई पनि स्थान दिइनुपर्ने, नेपाली भाषा पढ्ने व्यवस्था भएकोमा खस आर्यलगायत अन्य जनजातिहरुको आ–आफ्ना भाषामा अनिवार्य पढ्न पाउनुपर्ने माग उक्त मागपत्रमा समावेश गरिएको छ । मागपत्रमा जनकवि दुर्गालाल श्रेष्ठ, लक्ष्मीदास मानन्धर, मल्ल के. सुन्दर, तीर्थराम डंगोल, भृगुराम श्रेष्ठलगायत नेपालभाषा आन्दोलनका अगुवाहरुको हस्ताक्षर छ ।
Categorized in राष्ट्रिय