STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनिश्चितकालका लागि सूचना विभाग बन्द

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १७, शुक्रबार

काठमाडौं - सूचना विभागले पत्रकारलाई प्रेस पास वितरणलगायतका सबै काम अनिश्चितकालका लागि बन्द गरेको छ । विभागका कर्मचारीलाई कोरोना देखिएपछि विभागले दिँदै आएको सेवा बन्द गरेको हो ।

विभागका सँगै काम गर्ने अन्य कर्मचारीलाई समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले सबै सेवा स्थगित गरिएको विभागले जनाएको छ ।

सूचना विभागले आजदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म प्रसारण संस्थासँग सम्बन्धित इजाजत, लाइसेन्स, जारी, नवीकरण, सिफारिस, क्लिनफिड अनुगमन र श्रमजिवी पत्रकारको उजुरी लिने काम समेत बन्द भएको जनाएको छ ।

Categorized in राष्ट्रिय