STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनुपम खेरसहित भारतीय कलाकार काठमाडौंमा

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन २२, शुक्रबार

काठमाडौं-

बलिउड कलाकारहरू अनुपम खेर, परिणीति चोपडा र बोमन इरानी नेपाल आइपुगेका छन। बलिउड चलचित्र ‘उचाइ’का लागि नेपाल आएका उनीहरु मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगे । पशुपतिनाथको दर्शन गर्न त्यहाँ पुगेका हुन्।

मन्दिर पुगेर उनीहरुले सबैको सुस्वास्थ्य र शन्तिको कामना गरेका छन् । ‘नेपालको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु, अनुपम खेरले भनेका छन्।  मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु’, खेरले ट्विटरमा एक भिडियो पोस्ट गर्दै भनेका छन्।

उनीहरूले खेल्ने फिल्मको सुटिङ मुस्ताङमा हुँदैछ।  सुरज बडजात्याले निर्देशन गरेको फिल्ममा अमिताभ बच्चनले पनि अभिनय गर्ने बताइएको छ। अमिताभ पनि नेपाल आउने भारतीय मिडियाहरूले जनाएका छन्।

Categorized in सिनेमा