STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनुशासन तथा इमान्दारिता फौजको गहना ः महानिरीक्षक खनाल

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २४, शुक्रबार

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा बिहीबार आयोजित कार्यक्रममा उहाँले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । बुधबारको मन्त्रिस्तरीय निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हचार्य, वंशीराज दाहाल, हरिशङ्कर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेत सशस्त्र प्रहरी नायब महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । सो अवसरमा महानिरीक्षक खानालले अनुशासन तथा इमान्दारिता फौजको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै उहाँले आआफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व बहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै राष्ट्र र नागरिकको सेवामा सक्रिय रहनसमेत निर्देशन दिनुभयो । चरेशसहित दुई पक्राउ काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० स्थित हिरा इँटा उद्योगबाट चार किलो ५०० ग्राम चरेससहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–५ का ४२ वर्षीय ईश्वर मगर र २२ वर्षीय भक्त मगर रहेका छन् । महागरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाइ राखेको अवस्थामा चरेस बरामद गरिएको थियो । उनीहरुको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । यस्तै चन्द्रागिरि नगरपालिका–१३ मितेरीचोकस्थित सडकमा गत पुस २२ गते बा३ख १८३३ नंको कान्तिपुर इङलिस एकेडेमी गोंगबुको विद्यार्थी सवार बस दुर्घटनापश्चात फरार रहेका बस चालक धादिङ गल्छी गाउँपालिका–२ का ४० वर्षीय केदार रिमाललाई पक्राउ गरिएको प्रहरीले एक सूचना जारी गरी जनाएको छ ।
Categorized in राष्ट्रिय