STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय

Janjati Khabar – Janjati Khabar | २०८२ जेठ १२, सोमबार

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी एमाले ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताउनुभयो । उहाँले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर हदबन्दी लगाएको सन्र्दभमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताउनुभयो । 

यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु ९क्रान्तिकारी० ले ३२ वर्ष उमेर हद तोकेको थियो । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेर हद तोकेको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ । 

Categorized in राजनीति