अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरु अवार्ड जितेका फिल्महरु काठमाडौंमा देखाइने
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ मङ्सिर २२, शनिबार
नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव२०२४ को चलचित्र प्रदर्शन तालिका सार्वजनिक भएको छ । महोत्सवले डकुमेन्ट्री, सर्ट्, एनिमेसन, फिक्सन विधाका फिल्मको सूची सार्वजनिक गरेको हो ।
नेपालसहित २३ देशका ४७ फिल्म छनोटमा भएको आयोजकले जनाएको छ । महोत्सवमा विश्वप्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी प्रिक्स अवार्ड जितेको भारतकी पायल कपडियाको ‘अल वी इमाजिन एज लाईट’ पनि देखाइने भएको छ ।
सर्ट सेक्सनमा अर्वाड प्राप्त ‘द म्यान हु कुडनट रिमेन्न साईलेन्स’, ७४ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्ट सेक्सनमा अवार्ड प्राप्त ‘एन आउटरन’, ७४ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जेनेरेशन के प्लसमा अवार्ड प्राप्त ‘अनार दाना’, बर्लिनमै छनोट भएको ‘ओटिट’ लगायत चलचित्र पनि प्रतिस्पर्धाका लागि छनोट भएका छन् । अन्तर्राष्ट्रिय सर्ट वृत्तचित्र प्रतिस्पर्धामा ‘हाऊ टु प्लिज’सहित ९ वटा वृत्तचित्र छनोट भएको महोत्सव आयोजकले बताएको छ ।
सन् २००९ मा स्थापना भएको मानवअधिकार चलचित्र केन्द्रले मानवअधिकारसँग सम्बन्धित चलचित्रको प्रवद्र्धन र प्रदर्शन लागि नियमित रुपमा महोत्सव गर्दै आएको छ । केन्द्रले मानवअधिकारको पैरवीका लागि विभिन्न अन्तक्रिया तथा गोष्ठी पनि आयोजना गर्दै आइरहेको छ ।
Categorized in सिनेमा

