अपहरणसम्बन्धमा सांसद र पूर्वआईजिपीविरुद्ध निवेदन
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २२, सोमबार
काठमाडौं– सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निवेदन दर्ता गरेको छ ।
सांसद डा. यादवले आफुलाई अपहरण गरेको भन्दै सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध निवेदन दर्ता गरेको हो ।
प्रहरीले जाहेरी लिन नमानेपछि कानुनअनुसार सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गरिएको जनाइएको छ । सरकारी वकिल कार्यालयमा दर्ता भएको उजुरी आवश्यक कारवाहीका लागि प्रहरीमा पठाउनुपर्ने कानुनी प्रावधान छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ ।
Categorized in राष्ट्रिय