STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपाङग सङ्घको अध्यक्षमा शर्मा निर्वाचित 

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २८, बिहिबार

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको विराटनगरमा सम्पन्न आठौँ महाधिवेशनले मित्रलाल शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ । महासङ्घले बुधबार साँझ सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार शर्माले गणेश केसीलाई ११२ मतले पराजित गरी निर्वाचित हुनुभएको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः रमेश लामा, रमा ढकाल, राजु बस्नेत, भावुकजङ्ग थापा र केपी अधिकारी निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्यमा रमेश पोखरेल, सुगम भट्टराई, सीता सुवेदी, रुपारानी राई र प्रतिमा लामा निर्वाचित हुनुभएको छ ।
 
महासङ्घको अनुशासन आयोगको संयोजकमा टेकनाथ न्यौपाने र सदस्यमा कुमार पौडेल निर्वाचित हुनुभएको छ भने समावेशीतर्फका १३ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ ।
Categorized in राष्ट्रिय