STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपाङ्गतामैत्री संरचना र व्यवहारका लागि प्रतिबद्धता

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार

अपाङ्गतामैत्री संरचना र व्यवहारका लागि सकारात्मक भूमिका खेल्ने पोखरा महानगर र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखरा र अपाङ्गता महिला सशक्तीकरण केन्द्र कास्कीको आयोजना एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र टेवा नेपालको सहयोगमा जनप्रतिनिधिसँग अपाङ्गता अधिकार तथा राष्ट्रिय अन्तरराष्ट्रिय नीतिनियम र कानूनसम्बन्धी दुईदिने अभिमुखीकरण तालीममा जनप्रतिनिधिले अपाङ्गतामैत्री संरचना र वातावरण निर्माण गर्नमा पहल गर्ने, विभेद नगर्ने, समावेशी र समतामूलक समाजका लागि अपाङ्गता भएका व्यक्तिलाई पनि प्रतिनिधित्व गराउनका लागि वकालत र पैरवी गर्ने, अपाङ्गता परिचयपत्र प्राप्त गर्ने प्रक्रियाबारे जनचेतना फैलाउने, स्थानीय सरकारमा अपाङ्गता भएका व्यक्तिको सशक्तीकरणका निम्ति बजेट विनियोजनका लागि भूमिका खेल्नेलगायत प्रतिबद्धता व्यक्त गरेको स्वावलम्बी जीवन पद्धतिका अध्यक्ष हेमबहादुर गुरुङले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्ति हरेक क्षेत्रमा अझै पनि वञ्चित हुनुपरेको र भएका प्रावधानका बारेमा पनि जानकारी नहुँदा अवसर उपयोग गर्न नसकेको सहभागीको भनाइ थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिसम्बन्धी विद्यमान कानून, नेपालको संविधानमा तिनको अधिकारसम्बन्धी ऐन २०७४, सेवासुविधा, तिनको वर्गीकरण र प्रकार, अपाङ्गतामैत्री भौतिक संरचना र सञ्चाार पहुँचयुक्तता, अपाङ्गता परिचयपत्र र यसको महत्व, तिनको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, दिगो विकासका लक्ष्यमा अपाङ्गताको सवाल, महिलाविरुद्ध हुने सबै किसिमका विभेद अन्त्य गर्नेसम्बन्धी महासन्धि र अपाङ्गता भएका महिलाको सवाललगायत विषयमा सरोकारा निकायसहित छलफल गरिएको थियो । उक्त विषयमा अधिवक्ता श्रीकान्त सापकोटा, कास्की नेत्रहीन सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी, अपाङ्गता महिला सशक्तीकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसी, सिबिआरएस संस्थाका कृष्ण लामिछाने, नारीसेवा केन्द्रका अध्यक्ष उषा बरुवाललगायतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा महानगरपालिका गाउँपालिकाका जनप्रतिनिधिसहित ५५ जनाको सहभागिता रहेको बताइएको छ ।
Categorized in राष्ट्रिय