अपाङ्गता समाजका काँडा होइन ः कानूनमन्त्री भण्डारी
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २९, आइतबार
राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका अध्यक्ष राकेश हमालले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा पहुँच बढाउने कार्यक्रम अघि सारिएको बताउनुभयो । समाजका उपाध्यक्ष तथा ह्वीलचियर कार्यक्रका निर्देशक सुगम भट्टराईले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा रहेर नेपालका ६२ जिल्लामा १७ हजार ह्वीलचियर वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार यतिबेला हुम्ला, मुगु र डोल्पाबाहेक कर्णालीका सात र प्रदेश नं ५ का प्यूठान, दाङ, बाँके र बर्दिया जिल्ला गरी ६२ अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क ह्वीलचियर वितरण गरिएको छ ।[/caption]
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेशकुमार केसी, गैरसरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष घनश्याम केसीलगायतका वक्ताहरुले समाजको अत्यन्तै हेपिएको अपाङ्गता भएका वर्गका क्षेत्रमा सबै सरकार संविधानतः काम गर्न सुझाव दिनुभयो
Categorized in विचार


