STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अफगानिस्तानमा आक्रमण सातको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ३, आइतबार

अफगानिस्तानमा शनिबार भएका दुइ छुट्टाछुट्टै आक्रमणमा परी प्रहरी एक वरिष्ठ अधिकारहरुसहित सात व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कान्दाहार प्रान्तको आर्घान्दाब जिल्लामा विस्फोट पर्दाथ विस्फोट गराएर भएको पहिलो आक्रमणमा प्रहरी प्रमुख हाजी जमारीसहित चार सर्वसाधारणको मृत्यु भएको थियो । त्यसैगरी गजनी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको बाहिरी इलाकामा शनिबार साँझ सेनाको सवारी साधनलक्षित भएको विस्फोटमा परी तीन अफगान प्रहरीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता हरिफ नुरिमले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । यस शक्तिशाली विस्फोटमा परी सेनाको सवारी साधन पनि ध्वस्त भएको जनाइएको छ । शान्तीका दुश्मन तालिबान लडाकू समूहले नै यो आक्रमण गराएका सरकारी अधिकारीहरुको दाबी रहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय