STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अब क्वरेण्टीन र आइसोलेशन १० दिनमात्रै

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ४, शनिबार

काठमाडौं – अब कोरोना सङ्क्रमण भए सङ्क्रमित १० दिनमात्रै क्वरेण्टीन तथा आइसोलेशनमा बसे हुने भएको हो ।

सरकारले कोभिड–१९ सङ्क्रमितको क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि घटाएर १० दिनमा झारेको हो । यसअघि सङ्क्रमित क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि १४ दिन रहेको थियो ।

विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण नसर्ने देखाएपछि क्वरेण्टीन वा आइसोलेशनमा बस्नुपर्ने समय अवधि घटाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सङ्क्रमणको लक्षण चिह्न देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामीबाहेक सबै सङ्क्रमितलाई १० दिनमात्रै आइसोलेशनमा राख्ने भएको छ । पछिल्लो केही हप्तायता नेपालमा कोरोना सङ्क्रमणदर समेत घट्दै गएको छ । निको हुने दर बढेको छ ।

विगतका महिनामा पाँच हजारको परीक्षणमा दुई हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिने गरेकोमा अहिले घटेर पाँच सयदेखि एक हजारसम्म मात्रै सङ्क्रमित भेटिने गरेका छन् ।

सङ्क्रमितमध्ये निको हुने दर बढेर ९५ दशमलव ६ प्रतिशतमा पुगेको हो । यसले सङ्क्रमण दरभन्दा निको हुने दर बढ्दो क्रममा रहेको देखिएको छ ।

Categorized in राष्ट्रिय