STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अभिनेता अधिकारीबारे प्रकाशित भ्रामक खबरको कलाकार संघको खेद प्रकट

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ कार्तिक ६, आइतबार

नेपाल चलचित्र कलाकार संघका सदस्य  अभिनेता  रामचन्द्र अधिकारीको सम्बन्धमा सामाजिक सन्जालमा आएको समाचार प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ भनि एक विज्ञप्ति प्रकाशन गरेको छ । 

अभिनेता रामचन्द्र अधिकारी केही दिन अगाडी देखी निमोनियाको कारणवाट मेडी केयर अस्पतालमा उपचार गराइ रहनु भएको कुरा उल्लेख गर्दै संघका का.वा अध्यक्ष सानु कुमार ताम्राकार तथा कार्यकारिणी सदस्यज्युहरुले उहालाइ बारम्बार भेट गरिहनु भएको कुरा पनि उल्लेख गरिएको छ । अभिनेेना अधिकारीलाइ दुइ दिन पछि डिस्चार्ज गरिने कुरा उहाँको परिवारले जानकारी दिएको छ । नेपाल चलचित्र कलाकार संघले कलाकार राम चन्द्र अधिकारीको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

अभिनेता रामचन्द्र अधिकारीको सम्बन्धमा आएको भ्रामक कपोलकल्पित र अतिरञ्जित समाचार प्रति संघले खेद ब्यक्त पनि गरेको । यस प्रकारका समाचारमा कुनै विश्वासनियता र आधार नभएकाले आम जनमानसलाई भ्रममा नपर्न पनि संघको तर्फबाट  उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले अनुराेध गरेको छ ।

Categorized in सिनेमा