STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २८, आइतबार

एजेन्सी – भारतीय सिनेमा क्षेत्रका महानायक अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । बलिउड क्षेत्र यतिबेला महानायक बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना गरिरहेको छ । भाइरसबाट संक्रमित बनेका महानायकको विषयमा भारतीय सञ्चार माध्यमले विभिन्न घटनाहरुको बारेमा सार्वजनिक गरेका छन् । अमिताभ बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी ट्वीटमार्फत् दिएका छन्। उनले भनेका छन्, 'मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ।' अभिताभले आफ्नो ट्वीटमा यो पनि भनेका छन्, 'पछिल्ला दस दिनमा जो मेरो सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला।' उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण भएको छ।
Categorized in सिनेमा