STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकाकाे नेवाः अर्गनाइजेशनको वार्षिक अधिवेशन सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २३, मंगलबार

काठमाडौं – नेवाः अर्गनाइजेशन अफ अमेरिकाको १९ औं वार्षिक अधिवेशन भर्चुअल रुपमा सोमबार सम्पन्न भएको छ । जूम एपमार्फत् भएको भर्चुअल सम्मेलन यज्ञमान शाक्यको सभापतित्वमा भएको थियो भने सम्मेलनमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की मुख्य अतिथिको रुपमा आउनुभएको थियो । भर्चुअल सम्मेलन नेपालभाषामा सञ्चालन भएकोमा आफूलाई प्रभावित पारेको जनाउँदै प्रमुख अतिथि कार्कीले यसले नयाँ पुस्तासमेत भाषा संरक्षणमा लागी टेवा पुग्ने जनाउनुभएको छ । नेपालको संंस्कृति, संस्कारलाई अमेरिकामा समेत प्रस्तुत गरी आफ्नो परिचय दिनु गौरवको कुरा भएको जनाउँदै राजदूत कार्कीले नेवाः अर्गनाइजेशन अफ अमेरिका भाषा, संस्कृतिको उत्थानमा संगठित एवं सक्रिय रुपमा लागिरहेको जनाउँदै यस्तो कार्यमा दूतावासले सम्झिने एउटा नाम नेवाः अर्गजनाइजेशन भएको पनि बताउनुभयो । दिवाकर धौभडेले सञ्चालन गर्नुभएको सो भर्चुअल सम्मेलनमा अर्गनाइजेशनको वार्षिक प्रतिवेदन महेन्द्र प्रधानले, आर्थिक प्रतिवेदन राजेश श्रेष्ठले, नेपालमा भइरहेका गतिविधिबारे नेपाल संयोजक किरणकेन रंजितले जानकारी दिनुभएको थियो भने नेवार सभ्यता र क्वारिन्टिनबारे वल्र्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष सिजन श्रेष्ठले कीनोट मन्तव्य दिनुभएको थियो । दयारत्न शाक्यको अध्यक्षतामा रत्नकाजी शाक्य र रामलाल श्रेष्ठको समूहले नयाँ कार्यसमितिबारे जानकारी दिएको थियो । यज्ञमान शाक्य अध्यक्ष, महेन्द्र प्रधान प्रमुख उपाध्यक्ष, राजेशलाल श्रेष्ठ उपाध्यक्ष, उदय श्रेष्ठ सचिव, दिवाकर धौभडेल कोषाध्यक्ष र बबिता श्रेष्ठ सहकोषाध्यक्ष रहेको नयाँ कार्यसमितिका सदस्यहरुमा नविन रंजित, सुगन्ध श्रेष्ठ, मर्कन्देयमान प्रधान रहेका छन् ।
Categorized in राष्ट्रिय