STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकाबाट नौलो डिजिटल आरम्भ

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १९, शुक्रबार

विजयरत्न असंबरे –
अमेरिकामा रहँदै आउनु भएका नेपालीहरुको प्रयासमा नौलो डिजिटल नामक एउटा डिजिटल प्लेटफर्मको आरम्भ भएको छ । विशेषगरी युट्युब मार्फत सन्चार प्रविधी यात्रा थालनी गरेको यस नौलो डिजिटलका सुनिल माथेमा प्रधानले जानकारी गराउनु भए अनुसार सूचना प्रविधीको विकासले अत्याधुनिक यात्रा थालनी गरीसकेको यो समयमा आरम्भ गरिएको नौलो डिजिटलको विशेष उद्देश्य भनेको कुनै पनि किसिमको श्रव्यदृश्य सिर्जनालाई विश्वभर पुर्याउनु रहेको छ । विशेषगरी अहिले सूचना प्रविधीको सबैको हातहातमा पुगीसकेको अवस्था भएकोले सबै प्रकारका श्रव्यदृश्य सिर्जनाकालागि सर्जकले प्लेटफर्म अर्थात दर्शक वा श्रोताको खोजिमा भौंतारिहन नपर्ने र दर्शकले अन्यत्र कतै खोजिरहन नपर्ने गरी एकै दैलोको माध्यमबाट पुर्याउने प्रयास स्वरुप नौलो डिजिटलले सर्जक , निर्माता र दर्शक बीचको दूरी घटाउन पुल बन्ने विचार नौलो डिजिटलका सुनिल माथेमा प्रधानले बताउनु भएको छ । यही सेप्टेम्बर एक तारीखको दिन आरम्भ गरिएको नौलो डिजिटलमा श्रव्यदृश्य अर्थात अडियोभिडियोको माध्यमबाट प्रस्तुत हुने डकुमेन्ट्रि , शर्ट फिल्म , फिचर फिल्म , ईन्टरभ्यू , टक शो , फेशन सम्बन्धी कुराहरु , र्याम्प वाक , रियालिटी शो लगायतका वा कुनै पनि खालका सिर्जनाकालाई सरल र सहज रुपमा दर्शमसम्म पुर्याउने उद्देश्य रहेको छ भने पहिलो कार्यक्रमको रुपमा पलेटी विथ अपला शिर्षकको शो आरम्भ गरिएको छ । यो डिजिटल प्लेटफर्मकोलागि सम्बन्धित सबै सर्जकहरुले आआफ्ना सिर्जनाहरु उपलब्ध गराउन सक्नु हुनेछ भने यसबाट आर्जन हुने आयमा सर्जकलाई आकर्षक अंश प्रदान गरिने कुरा पनि नौलो डिजिटलका सुनिल माथेमा प्रधानले जानकारी गराउनु भएको छ । यसकोलागि यस डिजिटलका सुनिल माथेमा प्रधानलाई ०१४४०५७०१०३२ , शरद श्रेष्ठलाई ०१५७१२६५७६३९ व रोशन पुरीलाई ०१७०३६२५७३२९ लाई भाइबरमा फोन गरेर सम्पर्क गर्न सकिने कुरा पनि नौलो डिजिटल सुत्रले जानकारी गराएको छ ।

यहाँ क्लिक गरी हेर्न सक्नुहुनेछ

Categorized in सिनेमा