STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकी उपमन्त्री नुल्याण्ड आज प्रधानमन्त्रीसहित उच्च नेताहरुसँग भेट गर्दै

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १६, सोमबार

काठमाडौं - नेपाल भ्रमणमा रहेकी उपमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च नेताहरुसँग भेटवार्ता गर्ने भएकी छन् ।

दुई दिने नेपाल भ्रमणमा शनिबार आइतबार नेपाल आएकी उनले आज प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने गर्ने भएकी हुन् ।

उच्चस्तरिय भेटमा उनले एमसीसी परियोजना कार्यान्वयन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

त्यस्तैगरी उनले अमेरिकी सहयोगमा नेपालमा बनेका पूर्वाधारहरु र नेपालको सांस्कृतिक सम्पदाहरुको अवलोकन गर्ने कार्यतालिका थियो ।

 

अमेरिकाले प्रचण्ड नेतृत्वको नयाँ सरकारमा पहिलो उच्च राजनीतिक भेटवार्ता गरेको हो ।

Categorized in राजनीति