STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन जित नजिक

Janjati Khabar – एजेन्सी | २०७७ कार्तिक २०, बिहिबार

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन्। 

फक्स न्युजका अनुसार हालसम्म बाइडेनले २६४ इलेक्टोरल मत र ट्रम्पले २१४ इलेक्टोरल मत प्राप्त गरेका छन्। राष्ट्रपति पदमा विजयी हुन कम्तिमा २ सय ७० इलेक्टोरल मतको खाँचो पर्छ ।

बाइडेनले राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक राज्यमा विजयी हुने स्पष्ट भएको उल्लेख गरेका छन्। मिसिगनमा जित सुनिश्चितअघि संक्षिप्त मन्तव्य दिँदै उनले मतगणना सकिएपछि आफू विजयी हुने बताए।

अन्तिम परिणाम भने एरिजोना, जर्जिया, विसकन्सिन र पेन्सिलभेनियाजस्ता ब्याटलग्राउण्डराज्यका परिणाम आएपछि आउनेछ। डोनाल्ड ट्रम्पले ५० राज्यमध्ये २३ राज्यमा जित्ने अनुमान गरिएको छ।

Categorized in अन्तर्राष्ट्रिय