अर्को एक साताको लागि लकडाउन थप्ने तयारी
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १६, आइतबार
काठमाडौं– कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि सरकारले गत मंगलबारदेखि लागु गर्दैआएको लकडाउन थप एक साताको लागि थप्ने तयारी भइरहेको छ ।
चैत १८ गते बिहान ६ बजेसम्म अहिलेको लकडाउन यथावत रहनेछ । तर यसअघि नै लकडाउनको समय थपिने तयारी भइरहेको छ । कोरोना संक्रमण नियन्त्रणमा जनतालाई घरमै राख्नु उपयुक्त विकल्प देखिएकोले लकडाउनको समयसीमा बढाउन लागिएको स्रोतले जनाएको छ ।
यसको लागि आज दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
लकडाउनको समय बढेपछि अत्यावश्यक सेवा सुचारु गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समितिले कार्य थाल्नेछ ।
खाद्यान्न र ईन्धन जस्ता अत्यावश्यक सामग्री किन्न मानिसहरु हुलमुल गरी घरबाहिर ननिस्कन घरघरमा सामान पु¥याउने तथा टोल टोलामा सामान पु¥याउने योजनामा पनि सरकार रहेको छ । यस कार्यायोजनाबारे शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्माओलीबीच ब्रिफिङ्ग भइसकेको छ ।
Categorized in राष्ट्रिय