STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अर्थमन्त्रीमा खतिवडा पुनःनियुक्त

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २१, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थमन्त्रीमा डा युवराज खतिवडालाई पुनःनियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार मात्र उहाँले अर्थमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति भण्डारीले उहाँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत तोक्नुभएको छ । नवनियुक्त अर्थमन्त्री खतिवडालाई आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ ।
Categorized in राष्ट्रिय