STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अर्थ विधेयक पारित

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ६, शुक्रबार

प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७५ आज बहुमतले पारित भएको छ । प्रदेश नं। १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेश गर्नुभएको थियो । विधेयकमा १२ वटा दफा र पाँच वटा अनुसूची रहेका छन् । सो विधेयकको छलफल प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, विजयकुमार विश्वास, राधा थापाले आ–आफ्ना सुझाव दिनुभएको थियो । विधेयकको विषयमा सदनमा उठेका प्रश्नहरुको जवाफमा मन्त्री आङ्बोले राजश्व, कर, शुल्क र दस्तुर उठाउन बनाइएको यो विधेयक संविधानको क्षेत्राधिकारभित्रै रहेको प्रष्ट पार्नुभयो । उहाँले सदस्यहरुले दिनुभएको सुझाव र सल्लाहका आधारमा बनाइएको विधेयकले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न मद्दत मिल्ने धारणा राख्नुभयो । उहाँले यातायातलाई व्यवस्थित गर्न प्रदेशको इलाम, उदयपुर, धनकुटा र विराटनगरमा कार्यालय विस्तार गरिने र यसबाट प्रदेशका जनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । वन जङ्गलबाट प्राप्त हुने शुल्कको १५ प्रतिशत प्रदेशको सञ्चित कोषमा जम्मा हुने बताउँदै मन्त्री आङ्बोले सरकारले करको दायरा बढाएर मनोरञ्जन कर, पर्यटन शुल्क पनि निर्धारण गरेको छ भन्नुभयो ।
Categorized in राष्ट्रिय