STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अवैध केराउ बरामद

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

नरैनापुरबाट प्रहरीले ३० क्विन्टल अवैध केराउ बरामद गरिएको छ । जिल्लाको नरैनापुरगाउँपालिका– ४ सोता भन्ने स्थानमा प्रहरीद्वारा सामान जाँच गर्ने क्रममा नेपालगञ्जबाट सुइया बगौडातर्फ जाँदै गरेको भे१ख १५५५ नंको बसमा भन्सार चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको केराउ प्रहरीले बरामद गरेको हो । 
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार बरामद गरिएको केराउको मूल्य करीव रु तीन लाख रहेको छ । केराउसँगै नेपालगञ्ज– २० का बस चालक टीकाराम डाँगीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ । 
Categorized in अपराध-दुर्घटना